बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज जेल जान सक्ने, आज फैसला आउँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७९, मंगलवार ०५:३८

काठमाडौं । दिल्लीको पटियाला हाउस कोर्टले एक कथित मनी लान्ड्रिंग मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको गिरफ्तारीबाट अन्तरिम सुरक्षा नोभेम्बर १५ सम्म बढाएको छ। यस मुद्दामा सुरेश चन्द्रशेखर पनि अभियुक्त हुन् ।

अदालतले आज आफ्नो फैसला सुरक्षित राखेको छ, जुन अब नोभेम्बर १५ गते दिउँसो ४ बजे सुनाइनेछ । अदालतले आदेश नआएसम्म ज्याकलिनलाई पक्राउ नगर्ने बताएको छ । उनलाई दिइएको अन्तरिम संरक्षण जारी रहनेछ ।

ज्याकलिन फर्नान्डिजका वकिल प्रशान्त पाटिलले बीबीसीलाई बताए कि ज्याकलिन फर्नान्डिजको जमानत नोभेम्बर १० पछि सकिँदैछ, त्यसैले उनले अदालतमा पुनरावेदन र जमानत मागेकी थिइन्। अब अदालतले यस विषयमा नोभेम्बर १५ मा आफ्नो आदेश दिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१