एसिडिटीको समस्या छ ? अपनाउनुहोस् यी घरेलु उपाय, तुरुन्तै राहत मिल्नेछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७९, मंगलवार ०५:३३

काठमाडौं । आजकाल मानिसको जीवनशैली पूर्णरुपमा बदलिएको छ । खानपानमा गडबडीका कारण कब्जियत र एसिडिटीको समस्या सामान्य बन्दै गएको छ । यस्तो समस्या बेलाबेलामा भइरहन्छ भने ठिकै छ, तर यो समस्या दैनिक दिनचर्याको हिस्सा बन्यो भने यसलाई ठूलो खतराको रुपमा लिनुपर्छ। किनकि लामो समयसम्म पाचन प्रणाली खराब रह्यो भने धेरै रोग लाग्न सक्छन् ।

एसिडिटीलाई चिकित्सकीय भाषामा ग्यास्ट्रोएसोफेजल रिफ्लक्स रोग भनिन्छ। आयुर्वेदमा यसलाई अमला पित्त भनिन्छ । ग्यास्ट्रिक एसिड ९हाइड्रोक्लोरिक एसिड० पेटको पर्खालमा रहेको ग्यास्ट्रिक ग्रन्थीबाट निस्कन्छ। यो पाचनका लागि आवश्यक हुन्छ।

एसिडिटी भएमा छातीमा जलन हुने पोल्ने गर्दछ। साथै एसिडिटीका कारण बिरामीलाई धेरै पटक घाँटीमा खाना अड्केको वा कहिलेकाहीँ डकारले खाना मुखमा आउँछ जस्तो लाग्छ । यस्तो राति सुत्दा बढी हुने गर्छ ।
यस्तै अचानक डर लाग्नु, सास फेर्न समस्या उत्पन्न हुनुका साथै पेट फुल्ने,वान्ता हुनु, भोक नलाग्नुर खान मन नलाग्नु अमिलो डकार आउने गर्दछ।

यदि तपाई पनि यस किसिमको समस्याबाट हैरान हुनुहुन्छ भने आजैदेखि सचेत हुनुहोस् र यसबाट बच्न केही घरेलु उपाय अपनाउन सक्नुहुन्छ । जसको सहायताले तपाई आफ्नो पाचन प्रणालीलाई पनि मजबुत बनाउन सक्नुहुन्छ ।

एसिडिटी भएमा अपनाउनुहोस् घरेलु उपाय:

-यदि तपाई पेट दुख्ने समस्यामा हुनुहुन्छ भने । यदि तपाई वाकवाकी महसुस गर्नुहुन्छ र बारम्बार अमिलो डकार आउनुहुन्छ भने तपाईले केही योग आसनहरू गर्न सक्नुहुन्छ। यसका लागि सुप्त बुद्ध कोनासन गर्न सकिन्छ । यो आसनलाई च्भअष्लिष्लन द्ययगलम ब्लनभि एयकभ पनि भनिन्छ। पाचन प्रणालीको समस्यामा यो आसन निकै फाइदाजनक हुन्छ ।

-पाचन तन्त्रलाई तन्दुरुस्त राख्नका लागि सोफको दाना, पुदिनाको पात र अदुवाको प्रयोग गर्नुहोस्। यसका लागि अलिकति पानी लिनुहोस् र यसमा यी तीन चिज उमालेर बिहान खानुहोस्। अदुवामा जिंजरोल नामक विशेष तत्व पाइन्छ। जसका कारण खाना सजिलै पचाउन सकिन्छ। यसका साथै पुदिना र सौफले पनि पेट सफा राख्न मद्दत गर्छ ।

-यदि तपाईंले दैनिक मनतातो पानी पिउनुभयो भने, तपाईं धेरै रोगहरूबाट बच्न सक्नुहुन्छ किनभने यसले ब्याक्टेरियालाई मार्छ र रोग प्रतिरोधी क्षमता बढाउँछ। त्यसैले दैनिक २ गिलास मनतातो पानी पिउनुहोस् । यसले पाचन प्रणालीलाई ठीक गर्न मद्दत गर्छ। यसले तपाईंको शरीरलाई हाइड्रेटेड पनि राख्छ।

-एक कप पानीमा आधा चम्चा बैकिङ्ग सोडा र दुई चम्चा कागतीको रस मिलाएर पिउनाले पनि एसिडिटी हुनबाट बच्न सकिन्छ।

-एसिडिटीका कारण पेटमा हुने जलनबाट बच्न अदुवा, तथा कागतीको रसमा मह मिसाएर पिउन सकिन्छ । अधिक मात्रामा पानीको सेवनले पनि एसिडिटी हुन पाउदैन ।

-दुधमा बेसार मिलाएर तथा ज्वानोमा वीरे नुन, लसुन, बेसार, हिंग मिसाएर पिउनाले पनि एसिडिटी वा पेटको जलन हुनुका साथै पेट फुलेको बस्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१