सबै कार्यक्रम रद्ध गरेर प्रधानमन्त्री देउवा डडेल्धुरा जाँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७९, मंगलवार ०५:२६

काठमाडौं । देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरु रद्ध गरेर प्रधानमन्त्री शेरवहादुर देउवा डडेल्धुरा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत हुने भएका छन् । उनी कात्तिक २९ गते मंगलबार विहान काठमाडौंबाट डडेल्धुरा जाने कार्यक्रम तय भएको छ ।

समाचारअनुुसार, आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौति थपिएको विश्लेषणका आधारमा देउवा सबैतिर छाडेर त्यता जान लागेका हुन् । सैनिक स्रोतका अनुसार, प्रधानमन्त्रीको डडेल्धुरा बसाइ अब मौन अवधि शुरु हुन्जेलसम्म हुनेछ । ‘उहां मंसीर १ गते सांझमात्र काठमाडौं फर्किने कार्यक्रम छ,’ सैनिक स्रोतले भन्यो । मंसीर २ गतेबाट मौन अवधि शुरु हुँदैछ । प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रीत हुँदा अन्यत्र तय भएका कार्यक्रमहरुमा पार्टीका अरु नेतालाई जान भनेर उनले नै आदेश दिएका छन् ।

देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिष्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकालले निकै चर्चा बटुलिसकेका छन् । उनको प्रचार र खटाइबाट आत्तिएका देउवाका प्रचारकहरुले प्रहरी शक्तिको दुरुपयोग गरी ढकाललाई माइकिङ्गसमेत गर्न नदिएर अवरोध खडा गरेका थिए । यो विषय सामाजिक सन्जालमा भाइरल नै भएको थियो र देउवाकै बद्नामी बढी भएपछि प्रहरी प्रशासन पछि हट्नु परेको थियो । सोही निर्वाचन क्षेत्रबाट देउवाकै पूर्व सहयोगी कर्ण मल्ल नेकपा एमालेको समेत सहयोगमा नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१