एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७९, सोमबार ०६:३७

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनएका कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिईन्। एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ ।

एनआरएनएले २०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो । यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१