ओलीको उद्घोष : ‘गठबन्धनका दलहरूलाई राष्ट्रियताप्रति चिन्ता, चासो छैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७९, आईतवार ०६:४७

डोटी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी डोटीले आज दिपायलमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

‘विभिन्न दलबीच जुन गठबन्धन भएको छ, त्यो देशको विकास, समृद्धिका लागि होइन, राष्ट्रियताप्रति चिन्ता र चासो छैन, केबल जनतालाई झुठो आश्वासन दिएर चुनाव जित्ने र पछि भागबण्डा गरेर खाने एउटामात्र उद्देश्य हो ।’

मंसिर ४ पछि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरू पश्चिम सेती, खुटीया–दिपायल फास्ट ट्रयाक, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिने, नेपालको नक्शामा कायम गरिएको लिपुलेक लिम्पियाधुराको भूमि फिर्ता ल्याउने दृढता व्यक्त गरे ।

प्रतिक्रिया