बीपी कोइरालाकी नातिनी राप्रपामा ! ‘राजनीतिक वृत्तमा तरङ्ग’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०७९, आईतवार ०६:४६

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् ।

शुक्रवार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारिन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाई थियो ।

अभिनेत्री कोइरालाले आफ्ना हजुरबुवा बीपी कोइरालाको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने उनको तर्क छ ।

‘आज म यहाँ उभिएको छु–राजेन्द्रजीको मुख हेरेर । उहाँको भाषण सुनेर । उहाँले जब भन्नु भएको थियो नि–भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो ।’ उनले भनिन्, ‘त्यो कुरा सुन्दा मलाई लाग्यो कि नेपालले असल नेतृत्व पायो ।’

अरुले बीपीलाई विर्से पनि राजेन्द्र लिङदेनले बीपीलाई सम्झिएको भन्दै उनले लिङ्देनको प्रशंसा गरिन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१