करुवाले हानेर श्रीमतीको हत्या अभियोगमा युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७९, बिहीबार १३:५९

झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सामान्य घरविवाद हुँदा श्रीमानले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा २६ वर्षीय श्रीमती सपना गोरडको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने भारतका ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार श्रीमान श्रीमतीबीच सामान्य विवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१