आगोले पोलेर ९ वर्षे बालकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ कार्तिक २०७९, बिहीबार १२:५५

तनहुँ । तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए ।

पोखरामा उपचारकं क्रममा गएराति बालकको मृत्यु भएको खड्काले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१