कामठाडौं। पाइलट विजय लामालाई उडिरहेको विमानको ककपिटमा अनुमति नलिई अन्तर्वाता दिएको अभियोग लागेको छ ।
ककपिटमा नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तवार्ता (भिडियोग्राफी) दिएको आरोपमा लामामाथि नेपाल वायुसेवा निगमले उडानमा रोक (ग्राउन्डेड) लगाएको हो ।
नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्याण्डर्ड विभागको निर्देशनमा अपरेसन विभागले उडानमा रोक लगाएको हो । उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपहिले नै अनुमति लिनुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया