आफ्नी श्रीमती मानेर रगतले भरिएका बोतल र अश्लील तस्विर पठाउन थालेपछि…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०७९, मंगलवार ०६:०५

काठमाडौं । रविना टण्डन बलिउडकी चर्चित नायिका हुन् । फ्यानको मनमा रविनाको माया आज पनि कायमै छ । रविनाले आफ्नो फिल्मी करियरमा धेरै हिट फिल्म दिएकी छिन् । राम्री अभिनेत्री हुनुको अलावा रविना आफ्नो बोल्ड व्यवहारका लागि पनि परिचित छिन् । रविनाको फ्यानको क्रेज आज पनि चर्को स्वरमा देखिन्छ । तर अभिनेत्रीका एक फ्यान उनको लागि पागलपनको हदसम्म पुगे ।

रविना टण्डनले आफ्नो पछिल्लो अन्तर्वार्तामा फ्यानको क्रेजको बारेमा खुलासा गरेकी छिन् । रविनाले बताइन् कि उनको एक फ्यान थियो जसले रविनाका छोराछोरीलाई आफ्ना छोराछोरी भन्ने गर्थे र रविनाले उनीसँग विवाह गरेको कुरामा विश्वस्त भएको थियो। इ-टाइम्ससँगको कुराकानीमा रविना टण्डनले भनिन्- ‘गोवाका एक जना फ्यान थिए, जसले मैले उनीसँग विवाह गरेको र मेरा छोराछोरीहरू उनका सन्तान हुन् भन्ने कुरामा विश्वास गरेका थिए। उनले रगतले भरिएको शीशी कुरियरमार्फत मलाई पठाउने गर्दथे । रगतले चिठ्ठी लेख्ने र अश्लिल तस्बिर पनि पठाउने गर्थे ।’

रविनाले भनिन् कि एक पटक उनका पति अनिल थडानीको कारमा कसैले ठूलो ढुङ्गा हानेपछि प्रहरी बोलाउनु परेको थियो । रविनाले थप भनिन्, ‘अर्को पनि यस्तै फ्यान थिए । ऊ मेरो घरको गेटमा बस्ने गर्दथ्यो । रविना यस्ता मानिसहरु देखेर निकै रिसाएकी थिइन् । जनताको पागलपनदेखि उनी डराइन् । रविनाका केही फ्यान उनको लागि टाउको दुखाइ बनेका थिए ।

रविनाको वर्कफ्रन्टको कुरा गर्ने हो भने, अभिनेत्री अन्तिम पटक केजीएफ २ मा देखिएकी थिइन् । फिल्ममा उनको चरित्र र अभिनयलाई निकै रुचाइएको थियो । रविना सामाजिक सञ्जालबाट पनि फ्यानसँग जोडिएकी छिन् । अभिनेत्रीका तस्बिर इन्स्टाग्राममा भाइरल भइरहेका छन् । रविनाले अझै पनि फ्यानबाट अथाह माया पाइरहेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१