रौतहटलाई वियाग कप फुटवलको उपाधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ कार्तिक २०७१, सोमबार ०५:३५

IMG_5782 प्रविण अग्रवाल/ रौतहट, ३  कात्तिक ।
तेस्रो अन्तराष्टिय बालिका दिवसका अवसरमा रौतहटको चन्द्रपुरमा आयोजित पहिलो बियाग कप यु १७ फुटवलको उपाधि आयोजक रौतहटले जितेको छ । फाइनलमा काठमाडौंविरुद्ध ५–० को एकतर्फी नतिजामा जित हात पार्दै रौतहटले बालिका फुटवलको उपाधि जितेको हो । हातेमालो सामुदायिक वनस्थित घरेलु दर्शकले खचाखच भरिएको खेल मैदानमा रौतहटको उपाधि अभियानको अन्तिम खेलमा प्रभावशाली स्टाइकर अलिसा जिम्वाले ह्याटिक गरिन् भने निर्मला केसी र कप्तान सुनिता योञ्जनले एक एक गोल गरे । प्रभावशाली प्रदर्शन गरेको रौतहटका अगाडी काठमाडौं फिक्का सावित भयो । IMG_5717
काठमाडौं विरुद्ध रौतहटले खेलको २९ औं मिनेटमा निर्मला केसीको गोलबाट अग्रता लिएको थियो । एकल प्रयासमा साइडबाट बल लगेर डिबक्सभित्रबाट उनले पहिलो बार च्याप्दै दर्शनीय गोल गरेकी थिइन् । अग्रताको तीन मिनेटपछि कप्तान सुनिता योञ्जनले इनसाइड बक्स बाहिरबाट पावरफुल सटमा वान टचमा गोल थप्दा काठमाडौंको रक्षापंक्ति छरपस्ट देखिन्थ्यो । काठमाडौंले शुरु देखि नै डिफेन्सिभ फुटवल खेल्न रुचाएको थियो ।
भरपर्दी डिफेन्डर सुनिता थापा चोटका कारण खेल्न नसक्नु काठमाडौंका लागि महंगो सावित भयो । पहिलो हाफमा दुई गोलले पछाडी परेको काठमाडौंले खेलको कुनै पनि समयमा दवाव दिन सकेन । उसले रौतहटको डिबक्ससम्म पनि बल अघि बढाउन नसक्दा पुनरागमनको मौका नपाएको हो । दोस्रो हाफको १५ औं मिनेटमा अलिसा जिम्बाले कप्तान सुनिता योञ्जनले रिलिज गरेको बलमा दुई डिफेन्डरलाई विट गर्दै गोल गर्दा काठमाडौंकी किपर सुस्मिता सिंह ठकुरी धेरै अघि बढिसकेकी थिइन् । चार मिनेटपछि काठमाडौंकी किपर ठकुरी अनावश्यक रुपमा अघि बढेको मौकामा जिम्वाले सजिलै फिनिसिङ गरेर व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ४–० को अग्रतामा पुर्याइन् ।
आठ मिनेटभित्र ह्याटिक पुरा गर्ने क्रममा जिम्बाले दोस्रो हाफको २३ औं मिनेटमा डिबक्सभित्र पाएको अवसरलाई भली मार्फत् गोलमा परिणत गरिन् । जिम्बाले दोस्रो हाफको ३० औं मिनेटमा आकर्षक मौकामा गोल गर्न नसक्दा रौतहटको गोल संख्या बढ्न सकेन । ५ गोलको अग्रतापछि रौतहटले त्यसपछि मध्यभागमै केन्द्रित रहेर प्रदर्शन गरेको थियो ।
अखिल नेपाल फुटवल संघ एन्फा र प्लान इन्टरनेशनलको आयोजनामा भएको फुटवलको विजेताले टफीसहित १ लाख र उपविजेता काठमाडौंले ५० हजार रुपैया हात पारेका छन् ।
प्रतियोगिताको उत्कृष्ट विधामा आयोजक रौतहटकै वर्चश्व रह्यो । उत्कृष्ट डिफेन्डर रौतहटकी रजिना माझी, मिडफिल्डर मनिषा रावत, उत्कृष्ट फरवार्ड अलिसा जिम्बा र प्रशिक्षक शेरवहादुर दर्लामी भए । त्यस्तै, उत्कृष्ट गोलकिपर काठमाडौंकी सुस्मिता सिंह ठकुरी घोषित भइन् । उनीहरु पाचै जनाले जनही ५ हजार प्राप्त गरे । बालिका शिक्षामा लगानी बढाउने भन्ने सन्देश दिन प्लान इन्टरनेशनल नेपालको साझेदारीमा एन्फाले आयोजना गरेको प्रतियोगितामा १२ जिल्लाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१