तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७९, सोमबार १४:२५

विश्व
भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु
तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए ।

 

स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए ।

उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो ।

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो ।

राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१