सुनचाँदीको मूल्यमा सामान्य गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७९, सोमबार १२:०६

काठमाडौँ। सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटेको हो ।

यसअघि प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन आज सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ भने ९४ हजार रुपैयाँ रहेको तेजावी सुनलाई ९३ हजार ८०० रुपैयाँ पर्ने भएको छ ।

यता, यसअघि प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदीलाई आज एक हजार २६५ रुपैयाँमा कारोबार गर्न सकिने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१