आज पनि घट्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७९, शुक्रबार ११:२९

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको भाउ ५०० का दरले घटेको जानकारी दिएको हो । यसअघि, हिजो बिहीबार पनि सुनको मूल्य घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ जार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ ।  चाँदीको मूल्य आज १० रूपैयाँले नै बढेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१