नुवाकोट युवा संघका क्षेत्रयि अध्यक्ष ढकाल कांग्रेस प्रवेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७९, शुक्रबार ०५:२७

नुवाकोट । नेकपा एमाले निकट युवा संगठन युवा संघ नुवाकोटका क्षेत्रिय अध्यक्ष तोयानाथ ढकाल नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

बिहिबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महत लगायतले ढकाल लागयत एक दर्जन युवाहरुलाई नेपाली कांग्रेस प्रवेश गराएका हुन् ।

समृद्ध नेपाल एमालेबाट संभव नभएको भन्दै ढकालले नेपाली कांग्रेस प्रवेश गरेको जनाएका छन् । उनले आफुसँगै एमालेबाट झण्डै एक दर्जन युवाहरुलाई समेत कांग्रेस प्रवेश गराएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश कुमार महतले नुवाकोट कांग्रेसमय भइरहेको भन्दै नुवाकोटमा कांग्रेस प्रवेश गर्नेको चलिरहेको बताए । उनले नुवाकोटलाई विकास गर्न सबै एकजुट हुनुपर्ने भन्दै निर्वाचनमार्फत नुवाकोटमा लोकतान्त्रिक बाम गठबन्धनको उदय हुने बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्र, लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ, नेपाली काग्रेस नुवाकोट क्षेत्र नम्बर १ का सचिव रामजी पौडेल, जिल्ला सदस्य कृष्ण मिश्र लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०