सञ्जय गौतमको घरदैलोमा जनताको उत्साहजनक सहभागिता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७९, शुक्रबार ०४:५७

काठमाडौं । प्रतिनिधिसभाको लागि बर्दिया-१ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार सञ्जयकुमार गौतमले घरदैलो कार्यक्रमलाई आक्रामक बनाएका छन् । जिल्लाको विकासको लागि पदमा हुँदा होस वा नहुँदा निरन्तर खबरदारी आएका विकासप्रेमी नेता गौतमको उम्मेदवारीले सो क्षेत्रका जनताले मात्रै नभएर जिल्लावासीले नै खुशियाली मनाएका छन् । गौतम बर्दियाको समग्र विकासको लागि विगत लामो समयदेखि सक्रिय छन् ।

०७४ को निर्वाचनमा तत्कालिन एमालेका शीर्ष नेता वामदेव गौतमलाई पराजित गरेका सञ्जयले पाँच वर्ष संसद्मा जबरजस्त आफ्नो उपस्थिति देखाएका थिए । उनी संसद् बैठकमा निरन्तर सहभागी हुने नेताहरुमध्येमा पर्छन् । उनले बर्दियाको विकास गर्नु नै आफ्नो संकल्प रहेको बताउने गरेका छन् ।

बोलीको पक्का नेताको छवि बनाएका गौतम जनतालाई झुठा आश्वासन दिनेभन्दापनि गर्नसक्ने काम तत्काल नै गरेर देखाउने रिजल्ट ओरिएण्टेड नेताको रुपमा चिनिन्छन् । कांग्रेस नेतृत्वसमेत गौतमको कार्यशैलीबाट प्रभावित छ । निष्ठा र संस्कारयुक्त राजनीतिका सारथी गौतम यतिवेला घरदैलोमा व्यस्त छन् । उनी चुनावमा मत जित्नेभन्दापनि जनताको मन जित्न आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् ।

उनले अहिलेको गठबन्धन मुलुक र जनताको आवश्यकत्ताले बनेको भन्दै देशमा राजनीतिक स्थायित्व र मुलुकको समृद्धिको लागि गठबन्धनले जित्नुपर्नेमा जोड दिने गरेका छन् । उनले बर्दियामा विकासको अथाह सम्भावना रहेको सुनाए । बर्दिया धर्म, संस्कृति र परम्पराले पनि समृद्ध रहेको भन्दै यसलाई पर्यटन व्यवसायको रुपमा विकास गर्ने आफ्नो सपना रहेको गौतमको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१