भारतले निर्वाचन आयोगलाई दियो ८० वटा गाडी उपहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७९, शुक्रबार ०४:५४

काठमाडौं । भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ती गाडी प्रदान गरेका हुन् ।

ती सवारीसाधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्याउने भारतको विश्वास छ । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन रहेका भारतीय दूतावासले जनाएको छ ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको छ । सदियौं पुरानो र जनता जनताबीचको गहिरो सम्बन्ध रहेको भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक साझेदारी रहेको छ । यी सवारीसाधनको हस्तान्तरणले भारत र नेपालबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१