अध्यक्ष प्रचण्डलाई चुनाव प्रचारमा हेलिकप्टर प्रयोगको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०७९, शुक्रबार ०४:५२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि चुनाव प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोगको अनुमति पाएका छन् ।

दाहालसँगै सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति पाएका छन् ।

माओवादीले निर्वाचन आयोगसमक्ष मुख्य प्रचारक पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई हेलिकोप्टर प्रयोग गर्नका लागि अनुमति मागेपछि आयोगले अनुमति दिएको जनाईएको छ ।

आयोगले कांग्रेस र एमालेको आग्रहमा दुवै पार्टीका सभापति एवम् अध्यक्ष शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई हेलिकप्टर प्रयोगको अनुमति दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१