क्षेत्र नं ३ गोकर्णेश्वरमा नेपाली कांग्रेसको “नागरिक संग उम्मेदवार” कार्यक्रम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७९, बिहीबार ०६:२७

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त भएका हुन ।

त्यस्तैमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ मा पनि पनि बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाट भैइहेको छ । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका ४ वडा कार्य समिति द्वारा आयोजित नागरिक संग उम्मेदवार कार्यक्रम सम्पन्न भएको छ ।  गोकर्णेश्वर महादेव मन्दिर प्रांगणमा गोकर्णेश्वर ४ इकाई सभापति सभापति ज्ञान कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसकि केन्द्रीय सदस्य एबम समानुपातिक उम्मेदवार अम्बिका बस्नेत रहेकी थिइन भने बिशेष अतिथिको रुपमा काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे, प्रदेस सभा उम्मेदवार एवं काठमाडौं क्षेत्र नं ३ प्रदेश २ सभापति बिमल ठकुरी,काठमाडौं क्षेत्र नं ३ प्रदेश प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा, समानुपातिक उम्मेदवार गोबिन्द हरि पुडासैनी, चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक हरिबोल भण्डारी लगायत पार्टीका पार्टीका नेता कार्यकर्ता सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रममा इकाई उपसभापति उमेश ढुंगानाले स्वागत मन्तब्य सहित कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा समानुपातिक उम्मेदवार गोबिन्दहरि पुडासैनी चुनाव प्रचारप्रसार समिति सदस्य एव क्षेत्र नम्बर ३ प्रचारप्रसार संयोजक हरिबोल भण्डारी,प्रदेस सभा उम्मेदवार एवं काठमाडौं क्षेत्र नं ३ प्रदेश २ सभापति बिमल ठकुरी,काठमाडौं क्षेत्र नं ३ प्रदेश प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे नेपाली कांग्रेसकि केन्द्रीय सदस्य एबम समानुपातिक उम्मेदवार अम्बिका बस्नेत लगायतले मन्तब्य राख्दै नेपाली कांग्रेसलाइ बिजयी गराउन अपिल गरेका थिए ।

उनीहरुले नेपाली कांग्रेसले गरेका काम र आगमी दिनमा गर्ने योजना समेत जानकारी गराएका थिए।नेपाली कांग्रेस पार्टीलाई बलियो बनाएर लैजानु पर्नेमा जोड दिदै उम्मेदवारहरुलाई जिताउन सबैले आ आफ्नो ठाउँ बाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । कार्यकर्ताले आफै उम्मेदवार भएको ठानेर मतदाताको घर घर पुगी मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन समेत कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए । अध्यक्षताको आसन बाट बोल्दै इकाई सभापति ज्ञान कुमार श्रेष्ठले नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनको लागि सबै जना एक जुट भएर लाग्न अनुरोध गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१