काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र जान निर्वाचन आयोगले शर्तसहित अनुमति दिएको छ ।
प्रधानमन्त्री देउवालाई आफ्नो क्षेत्रमा सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत खर्चमा मात्र निर्वाचन आयोगले जान अनुमति दिएको आयोग स्रोतले जनाएको छ ।
केही घण्टा अघि प्रधानमन्त्री देउवालाई सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै आयोगले अनुमति दिएको थिएन । देउवाले व्यक्तिगत खर्चबाट जान अनुमति मागेपछि आयोगले स्वीकृती दिएको जनाइएको छ ।
प्रतिक्रिया