मतदान सम्पन्न भएको १५ दिनभित्र खर्च बुझाउन निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०७९, बिहीबार ०६:०३

काठमाडौं । मंसिरमा हुने निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै भोलिदेखि निर्वाचनका लागि खुला रुपमा प्रचार गर्न पाउने जानकारी दिएको हो । आयोगको अनुसार दुई चरणको प्रचारशैलीमध्ये एक चरणको सकिएर कात्तिक १७ गतेदेखि अर्को चरण सुरु हुनेछ ।

बिहीबारदेखि आचारसंहितामा तोकिए बमोजिम सबै राजनीतिक दल र उम्मेदवारहरुले आमसभा, भेला, कोणसभा, जुलुस लगायतमार्फत निर्वाचन प्रचारप्रसार गर्न पाउने आयुक्त दिनेशचन्द्र पोखरेलले बताए ।

पोखरेलले सार्वजनिक पदमा बसेका व्यक्ति चुनावी प्रचारमा जानुपरेमा आयोगको अनुमति लिनुपर्ने पनि बताए । सार्वजनिक पदमा बसेका व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने उनको भनाइ थियो । यसैगरी आयोगले सरकारी स्रोत र साधन पनि प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । त्यसैगरी, उम्मेदवारले मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन खर्चको हिसाब बुझाउन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१