डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७९, बुधबार ०५:२८

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर-३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।

आज (मंगलबार) न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्की अदालत गएकी थिईन् । उनले हिजो (सोमबार) रिट दायर गरेकी थिईन् । सो रिटमा सुनुवाई गर्दै अदालतले आज यस्तो आदेश जारी गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१