नुवाकोटमा समाजवादी पनि गठबन्धनमा सहभागी हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०७९, मंगलवार ०६:००

नुवाकोट । नेकपा (एकीकृत समाजवादी)ले नुवाकोटमा नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्रै गठबन्धन भएको निष्कर्ष निकालेको छ । तर, सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन भने कुनै कसर नराख्ने समाजवादीले जनाएको छ ।

नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ को १ मा आफ्नो भागमा परेको उम्मेदवारी खोसिएपछि समाजवादी पार्टी सत्ता गठबन्धनका वैठकहरुमा सहभागी भएको थिएन । समाजवादीबाट सो क्षेत्रमा पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी उम्मेदवार बनेका थिए ।

नुवाकोटमा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुको भूमिका रहेको जनाउँदै गठबन्धनको मर्म, भावना र राजनैतिक प्रद्धतिको विकासको लाग गठबन्धनबाट बाहिर जान नसकिने निष्कृर्ष निकालेको एकीकृत समाजवादी पार्टीका विदेश विभाग सचिव डा। शंकर खतिवडाले बताए । ‘नुवाकोटमा पार्टी माओवादी र कांग्रेसले राजनैतिक चरित्र देखाएका छैनन्’’खतिवडाले भने––‘समाजवादीले उनीहरुलाई राजनैतिक चरित्र सिकाउन पनि हामी गठबन्धनमै रहेर गठबन्धनका उम्मेदवार जिताउनको लागि खटिने छौँ ।’

शनिवार बट्टारमा भएको जिल्ला कमितिको विस्तारित वैठकमा बोल्दै पोलिटव्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनीले कांग्रेस र माओवादी नुवाकोटमा समाजवादी पार्टी नआओस् भन्ने चाहेको बताउँदै स्थानीय तहको निर्वाचनदेखि नै कांग्रेस र माओवादीले एकलौटी रुपमा समाजवादीलाई पन्छाउन खोजेको बताए । ‘चुनाव त आउँछ, जान्छ, यसको कुनै मतलव हुन्न, पार्टी चुनावको लागि मात्र होइन, आम नागरिकका हर समस्यालाई बुझेर काम गर्नु सक्नुपर्छ’लोहनीले भने ।

भेलामा बोल्दै जिल्ला कमिटिका सदस्यहरुले नेकपा माओवादी केन्द्रले भूमि आयोगदेखि स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा निर्वाचनसम्म पनि समाजवादी पार्टीलाई हेप्दै आएको बताएका थिए । वैठकमा बोल्ने जिल्ला कमिटिका सदस्यहरुले मिश्रित खालका टिप्पणी गरेका थिए । वैठकमा केही जिल्ला कमिटिका सदस्यहरुले माओवादी र कांग्रेस पार्टी वेइमानहरुको पार्टी भएकोले गठबन्धन तोड्न सक्नुपर्ने बताएका थिए ।

पार्टी अध्यक्ष गोविन्द नेपालीले केन्द्रीय गठबन्धनको मर्म र भावना अनुसार नै पार्टी सञ्चालन गर्नुपर्ने बाध्यतामा रहेको बताउँदै गठबन्धनका उम्मेदवारहरुको पक्षमा लाग्न सबै जिल्ला कमिटि र कार्यकर्ताहरुलाई निर्देशन दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१