प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जगन्नाथ देवकोटा मतदाता भेटघाट कार्यक्रममा ब्यस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७९, सोमबार ०६:३७

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ तिहार सकिए संगै आम निर्वाचन सबैतिर चर्चाको विषय बनेको छ । यसका निम्ति निर्वाचन आयोग लगायत सबै सरकारी निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण गतिमा अगाडि बढाइरहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त भएका हुन । बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाता संग भेटी आफ्नो पक्षमा मत मागिरहका छन ।

स्वतन्त्र उम्मेदवार काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार जगन्नाथ देवकोटाले मतदाता भेटघाट कार्यक्रम प्रभावकारी बनिरहेको बताएका छन । आफू पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएकोले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन भेटघाट गरिरहेको बताएका छन । अहिले आफूले मतदाता तथा समाजका अगुवा र जेष्ठ नागरिकलाई भेटेर आफ्नो विचार तथा समाजका मुद्दा सुनाएको देवकोटाले बताएका छन ।

प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार देवकोटाले ठाउ ठाउमा आफ्नो संकल्पपत्र दिदै नागरिकका समस्याबारे छलफल गर्दै  मतदातालाई व्यक्तिगत रूपमा भेटेर समस्याको पहिचान बुझ्दै समाधान गर्ने प्रतिबद्धता गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१