काठमाडौं क्षेत्र नं ३ मा नागरिक संग उम्मेदवार मतदाता भेटघाट कार्यक्रममा ब्यस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७९, सोमबार ०६:२२

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ तिहार सकिए संगै आम निर्वाचन सबैतिर चर्चाको विषय बनेको छ । यसका निम्ति निर्वाचन आयोगलगायत सबै सरकारी निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण गतिमा अगाडि बढाइरहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु मतदाता भेटघाट कार्यक्रममा ब्यस्त भएका छन । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाटमा व्यस्त भएका हुन । बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू पनि शुभचिन्तकसँगै मतदाता संग भेटी आफ्नो पक्षमा मत मागिरहका छन ।

त्यस्तैमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ले पनि बिभिन्न कार्यक्रम मार्फत मतदाता भेटघाट तिब्र बनाएको प्रचार प्रसार संयोजक हरिबोल भण्डारीले जानकारी दिएका छन । उनका अनुसार अहिले क्षेत्रले नागरिक संग उम्मेदवार कार्यक्रम अन्तर्गत टोल टोलमा उम्मेदवार सहित मतदाता भेटघाट गरि आफ्नो कुरा सुनाउन र मतदाता संग सुझाब संकलनको काम भइरहेको जानकारी गराएका छन ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसेले मतदाता भेटघाट कार्यक्रम प्रभावकारी बनिरहेको बताएका छन । आफू पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएकोले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन भेटघाट गरिरहेको बताएका छन । अहिले आफूले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा मुद्दा सुनाएको चालिसेले बताएका छन ।

प्रतिनिधिसभाका उम्मेदवार मात्र होइन, प्रदेशसभाका उम्मेदवार पनि मतदाता भेटघाट कार्यक्रममा व्यस्त बनेका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ मा प्रदेश १मा छिरिंङ दोर्जे लामा र प्रदेश २ मा बिमल ठकुरी उम्मेदवार रहेका छन । उम्मेदवारले चुनावी सभा, सम्मेलन गर्नेभन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मनाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१