सुनौलो पाइला संस्थाको चौथो स्मारिका विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७९, शनिबार ०६:००

काठमाडौँ। गोकणेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको ‘सुनौलो पाइला’ संस्थाको चौथो स्मारिका विमोचन गरिएको छ । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा दिपावली, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन गरिएको हो।

बुधबार जोरपाटी स्थित पिस बेङ्क्वेटमा संस्थाकी संस्थापक अध्यक्ष रोजिना बिष्ट (रोज) को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सानान्नी लामा वडा अध्यक्षहरु नेपाली कांग्रेस बाट काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे, काठमाडौं क्षेत्र नं ३ प्रदेश १ का उम्मेदवार छिरिङ दोर्जे लामा, काठमाडौं क्षेत्र नं ३ प्रदेश २ का उम्मेदवार बिमल ठकुरी लगायत आयोजक संस्थाका पदाधिकारी समाजसेवीहरु , महिला समुहहरूको प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको प्रमुख अतिथि बिशेष अतिथिहरुले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।संस्थाकी अध्यक्ष अमृता केसी (रोनी)ले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेको कार्यक्रममा राखेको कार्यक्रमलाइ दिपावली, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिनुको साथै देउसी भैलो समेत खेलिएको थियो ।

कार्यक्रमलाइ गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, उप प्रमुख सान्नानी लामा नेपाली कांग्रेस बाट काठमाडौं-३ बाट प्रतिनिधि सभा उम्मेदवार एव नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति सन्तोष चालिसे लगायतले शुभकामना मन्तब्य राख्दै सुनौलो पाइला संस्थाले गरेका कामको प्रसंसा गर्दै बिगतमा जस्तै संस्थालाई सहयोग गर्ने बताएका थिए ।

भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण, शिक्षा र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १४ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको संस्थाको संस्थापक अध्यक्ष रोजिना बिष्ट रोजले जानकारी गराएकी थिइन् ।

उनले संस्थालाई प्रत्यक्ष एबम अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएकी थिइन । कार्यक्रममा बाल कलाकार गायक भेषराज सापकोटा लगायतले गीत मार्फत मनोरंजन प्रदान गरेका थिए भने संस्थालाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१