जगडोल युवा क्लब द्वारा आयोजित प्रथम आन्तरिक टेबल टेनिस प्रतियोगिता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७९, शनिबार ०५:५६

काठमाण्डौ । राष्ट्र र राष्ट्रियताको लागि भाइचारा खेल भन्ने मूल नाराको साथमा यज्ञडोल जगडोल युवा क्लब द्वारा आयोजित प्रथम आन्तरिक टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को खेलकुद प्रवर्द्धनमा टेवा पुर्याई स्थानीय युवाहरुको खेलप्रतिको चाहना तथा स्वस्थ जीवनको लागि शारीरिक ब्यायाम र खेलकुदको महत्व उजागर गर्न पनि प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी गराएको छ भने तिहारको अवसरमा खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा ब्याडमिन्टन प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्य समेत प्रतियोगिताको आयोजना गरेको समेत आयोजकले जानकारी गराएको छ ।

असोज ५ गते देखि यज्ञडोल जगडोल युवा क्लब प्राङ्गणमा रहेको खेल मैदानमा शुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले नगद पुरस्कार सहित शिल्ड मेडल प्राप्त गरेको आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा दिपेश पौडेल प्रथम रोशन पौडेल दितीय र प्रकाश तिमल्सिना तृतीय भएका थिए भने उत्कृष्ट खेलाडी धिरज पौडेल घोषित भएको यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संजय पौडेलले जानकारी गराए । बिजेता उपविजेता र उत्कृष्ट खेलाडीलाइ बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए।

उनका अनुसार राम्रो समाजको निर्माणका लागि प्रत्येक ब्यक्ति एउटै परिवारको सदस्य जस्तै भइ कुनै राम्रो काम गर्न एक ढिक्का भएर सामाजिक सदभाब, भातृत्व प्रेमको भावना रहोस भन्ने उदेश्यले क्लबले विभिन्न समयमा सामजिक कार्य गर्दै आएको पनि उनले बताए । क्लबले महाकवी लक्ष्मी प्रसाद देबकोटाको जन्यतिको अवसरमा प्रथम पटक कबिता बाचन प्रतियोगिता समेत आयोजना गरेको जानकारी दिदै सरसफाई, बातावरण संरक्षण, सांस्कृतिक कार्यक्रम लगायत समाजका लागि बिभिन्न क्रियाकलापलाइ अगाडी बढाउदै आएको अध्यक्ष पौडेलले जानकारी गराए । स्थानीय तहमा युवाहरु नै जागरुक भई सामाजिक कार्यमा लाग्न प्रेरित गर्ने उदेश्य का साथ् क्लबले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१