त्रिविमा पाँच दिनमै ट्रान्सक्रिप्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ कार्तिक २०७१, आईतवार ०७:५५

काठमाडौं,२ कात्तिक ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच दिनभित्रै विद्यार्थीको ट्रान्सक्रिप्ट दिन सुरू गरेको छ।धेरै दिन पर्खनुपरेको गुनासो बढेपछि उपकरण भित्र्याएर छिटो दिने व्यवस्था गरिएको हो। यसअघि माग गरेको १५ दिनपछि मात्र पनिकाले ट्रान्सक्रिप्ट दिने गरेको थियो। ट्रान्सकृप्टसँगै ‘ओरिजिनल सर्टिफिकेट’ १५ दिनमा र प्रोभिजनल सर्टिफिकेट तीन दिनमा दिन थालिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीले जानकारी दिए। पहिले ट्रान्सक्रिप्ट प्रिन्ट हुने कोठा एउटै भएकोले धेरै समय लाग्ने गरेको थियो। अहिले हरेक तह र संकायका ट्रान्सक्रिप्ट झिक्न प्रिन्ट गर्ने छुट्टा(छुट्टै कोठाको व्यवस्थापन गरिएको छ। यसै गरी रजिष्ट्रेसन लिने समस्या पनि समाधान हुने भएको छ। करिब ६ वर्षयता विद्यार्थीले समयमै भर्ना भएपनि रजिष्ट्रेसन नम्बर नपाउने समस्या रहँदै आएको छ।विद्यार्थीले एउटा तह उत्तीर्ण गर्दासमेत रजिस्ट्रेसन नम्बर नपाउँदा ट्रान्सक्रिप्ट पाउन समस्या पर्ने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१