मोटोपना हुन बाट कसरी बच्ने ? यस्ता छन् मोटोपना घटाउने २० टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७९, शनिबार ०५:३१

काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । गर्मी मौसमको तुलनामा जाडो मौसममा हामीलाई खाना धेरै रुच्ने गर्छ र प्रायः हामी जाडो मौसममा धेरै खाने गर्छौं । जाडोमा हामी व्यायम गर्न भने अल्छी मान्छौं । जसका कारण जाडोमा प्रायः मानिसहरु मोटाउने समस्याबाट पीडीत हुने गर्छन् । यसरी मोटोपनाबाट आजीवन सुरक्षित रहन र कम समयमा मोटोपना घटाउन पूर्ण निर्देशनको आवश्यकता पर्छ । मोटोपनाबाट सुरक्षित रहने र यसबाट मुक्ति पाउने उपायहरु यस प्रकारका छन् :

आत्ममन्थन
म मोटोपनाबाट किन ग्रस्त छु र म यससँग लड्न तयार छु ? जस्ता आत्ममन्थन गर्नु पर्छ । निरन्तरको प्रयास, आफू र आफ्नो चिकित्सकसँगको विश्वास र धैर्यताले मोटोपना नियन्त्रण गर्न सकिन्छ । आफू सुन्दर, तन्दुरुस्त, स्लीम देखिने लोभ सफलताको मुख्य आधार हो ।

आत्म नियन्त्रण
बच्चा र युवा वर्ग टेलिभिजन हेर्दा विस्कुट, चिप्स, कोल्ड ड्रिंक्स जस्ता खाद्य वस्तुको सेवन गर्छन् । मोटोपन नियन्त्रण गर्न सबैभन्दा पहिला यी सबै गलत आदत नियन्त्रण गर्नुपर्छ ।

जंक फूड नियन्त्रण
फास्ट फुड र जंक फुड नखाएकै राम्रो । क्यान फुड, प्याक्ड फुड, फोजन फुड तथा ‘ओभर कुक्ड फुड’ बाट बच्नु पर्छ । पिज्जा, मम, चाउमिन, चाउचाउ, कचौडी, समोसा, वर्गर, सैन्डवीच जस्ता जंक फूडले कब्जीयतको समस्या ल्याउनुका साथै मोटोपना बढाउँछ । यस्तै यसले छाला सम्बन्धि समस्या समेत उत्पन्न गराउँछ । यिनको साटो फलफूल, जुस खान सकिन्छ । हरेक दिनको खानामा फलफूल, हरियो सलाद आदि समावेश गर्नु पर्छ ।

नियमित व्यायाम
मोटोपनाबाट छुटकारा पाउन सबैभन्दा सुरक्षित उपाय हिंड्डूल पनि हो । त्यसैले बिहान वा साँझ, हरेक दिन हिँड्नु पर्छ । कम्तीमा २५ मिनेटसम्म ३-४ किलोमिटर हिंड्न जरुरी पर्छ । एकैपटक ३० मिनेटसम्म व्यायम गर्ने समय छैन भने दिनको तीन पटक १०, १० मिनेटका दरले व्यायम गर्न सकिन्छ । यसबाट व्लड प्रेसर ठीक रहन्छ । अतिरिक्त बोसो पग्लिन्छि र तौल घट्न मद्दत गर्छ । यसबाट छाला सम्बन्धि समस्या पनि कम हुन्छ ।

तनाव नियन्त्रण
तनावबाट बच्न केहि न केहि खाद्यपदार्थ वा पेयपदार्थ लिइरहने बानीले मोटोपना बढ्न मद्दत गर्छ । यदि तनाव भएमा योग अभ्यास र सकारात्मक सोचद्वारा यसलाई नियन्त्रण गर्नुपर्दछ ।

मन तातो पानी
खाना खानुभन्दा पहिले मन तातो पानी पिउनाले भोक शान्त हुन्छ र खानापछि मन तातो पानी पिउनाले खाना सजिलैसँग पच्दछ । मन तातोपानी पिउनाले शरीरमा अनावश्यक चिज जम्दैन । बिहान मनतातो पानीमा एउटा कागती निचोरेर पिउनाले मोटोपनग्रस्त व्यक्तिका लागि धेरै फाइदाजनक हुन्छ । जोर्नी दुख्ने, एसिडिटि वा गला खराव हुने व्यक्तिले कागती पानी पिउनु हुँदैन । यसले समस्या बढाउन सक्छ ।

नियमित योग
योगमा विशेषगरी कुन्जल क्रिया, शंख प्रक्षालनको क्रिया उपयोगी हुन्छ । योगासनमा ताडासन, कटि चत्रासन, पादहस्तासन, सर्वागासन, हलासन, भुजंगासन, धनुरासन, पश्चिमोत्तासन, मत्स्यासन, अर्धमत्स्यासन तथा उष्ट्रासन, विशेष लाभकारी हुन्छन् । सूर्य नमस्कार एक सम्पूर्ण व्यायम हो । कपालभाती, सूर्यभेदी एवं भास्त्रिका प्राणायाम पनि मोटोपन नियन्त्रण गर्ने दृष्टिले धेरै लाभदायी हुन्छ ।

खानापछि तत्काल नसुत्ने
खाना खाएपछि शरीरमा कफको मात्रा बढ्ने हुनाले त्यस समय सुत्नाले मोटोपन बढाउँछ । त्यसैले खाना खाएपछि थोरै समय बज्रासनमा विश्राम गर्ने, तातोपानी पिउने गर्नुपर्दछ ।

चिनी कम गर्ने
चिनी एक प्राकृतिक खाद्यपदार्थ हो । तर यसलाई धेरै प्रकारका रसायनद्वारा सफा गरिएको हुन्छ । यसले धेरै प्रकारका एलर्जी र छालाको विकार बढाउँछ । सख्खर, गुलियो फल, चास्नी जस्ता गुलियो पदार्थ कम गर्नाले तौल घटाउन मद्धत मिल्दछ ।

नून नियन्त्रण
नून वा नूनिलो पदार्थको धेरै सेवनले शरीरमा पानीको मात्रा बढाइदिन्छ । यसले शरीर सुनिन्छ र तौल बढ्छ । नमकीन, समोसा, चिप्स, कचौडी आदिमा रिफाइन्ड घिउ, तेलले नोक्सान पु¥याउँछ । एक वयस्कले दिनभरमा केवल ४–५ ग्राम भन्दा बढी नूनको सेवन गर्नु हुँदैन ।

कोलेस्ट्रोल नियन्त्रण
वीएल डिएल र एलडिएलको मात्रा बढेमा कम गर्नु पर्दछ । यसका लागि मनतातो पानी सेवन गर्ने भोजनमा मेथीदाना, दालचिनी र लसुनको मात्रा बढाउनु पर्छ । अर्जुन छालको चूर्णबाट बनेको चियाको प्रयोग गर्ने ।

फाइबर
फाइवर भएका पदार्थको सेवनले भोक कम लाग्दछ । क्यालोरिनको मात्रा बढ्दैन र पेट सफा रहन्छ । काँक्रो, प्याज, गाँजर, टमाटर, आदिको सेवन धेरै फाइदाजनक हुन्छ । पेट सफा हुनाले अरु रोग जस्तो पेटको क्यान्सर पनि कम पार्दछ । यो फाइबर पेट सफा गर्नमा सहायक हुन्छ ।

स्टिम बाथ
शरीरबाट अतिरिक्त बोसो पसिनाको माध्यमबाट निकाल्ने यो एक सरल उपाय हो । यस प्रक्रियाका लागि सोनावाथ स्टिम, चैम्बर उपलब्ध हुन्छ । यो स्टिम सामान्य पानीले, एरोमेटिक तेल वा विशेष आयुर्वेदिक काडाबाट लिइन्छ । सामान्यतया यो स्टिम १५–२० मिनेटसम्म लिनु पर्छ । बेस्टिम बाथले शरीर हल्का बनाउने, बोसो घटाउने र मोटोपनामा कमी ल्याउँछ । उच्च रक्तचाप भएकाहरुले भने स्टिम वाथ गराउनु हुँदैन ।

कब्जियत हटाउने
मोटोपनाले ग्रस्त व्यक्ति कब्जियतले पीडित हुन्छन । उनीहरुको शरीरमा फ्याट तथा विषाक्त पदार्थ धेरै अवशोषित हुन्छ । यस्तोमा उच्च फाइवर आहारको सेवन गर्नु पर्दछ । अन्जीर, मेवा, त्रिफलाको प्रयोगले पुरानो भन्दा पुरानो कब्जियत हटाउन मद्धत गर्दछ ।

उपवास बस्ने
हप्तामा एक पटक उपवास बस्नाले पाचन प्रणालीलाई आराम मिल्दछ र बोसोको मात्रा कम हुन्छ । शरीरमा उर्जा दिन जमेको बोसो रगतमा जान्छ र उर्जा मिल्दछ तथा तौल कम हुन्छ । यस प्रक्रियामा शरीरमा उपस्थित विषाक्त पदार्थ बाहिर निक्लन्छ ।

शाकाहारी
मांसाहारीको तुलनामा शाकाहारी हल्का र सुपाच्य हुन्छ । शाकाहारीमा कम क्यालोरी मिल्दछ । साथै भिटामिन, खनिजपदार्थ पर्याप्त मिल्दछ । शरीरको सक्रियता बढिरहन्छ र मोटोपना घट्न मद्धत गर्छ ।

समय तालिका अनुसार खाने
बिहान, दिउसो अथवा बेलुकीमध्ये कुनै पनि वेलाको खाना छोड्नु हुँदैन । छोटो–छोटो समयमा केही खाइरहनु पर्छ । धेरै बेरसम्म पेट खाली भयो भने ग्यासको समस्या हुन्छ । दिउँसोको खाना खानुभन्दा करिब आधा घण्टा अघि केही फलफूल खानु पर्छ । हामीले खाएको खाना पचाउन फलफूलले सहयोग पु¥याउँछ । खाली पेटमा फलफूल खानाले शरीरमा उर्जा प्राप्त हुन्छ । राति ८ बजेपछि खाना खानु उपयुक्त हुँदैन । रातिको खानामा सकेसम्म कम क्यालोरीनयुक्त खाना खानु पर्छ । सकेसम्म झोल पदार्थमा बढी जोड दिनु पर्छ ।

प्रशस्त पानी पिउने
सामान्यतया दिनको करिब ८ देखि १० गिलास पानी पिउनु पर्छ । खाना खाँदा भने पानी पिउनु हुँदैन । पानी पिउनै परेमा खाना खानुभन्दा कम्तीमा १५ मिनेट अघि वा पछि पिउनु पर्छ ।

खाना खाँदा राम्ररी चपाउने
खाना खाँदा राम्ररी चपाउनु पर्छ । खानाको प्रत्येक गाँस कम्तीमा ३५ देखि बढिमा ५० पटकसम्म चपाउनु पर्छ । हामी खानालाई चपाउन जति समय खर्च गर्छौं, त्यति नै कम क्यालोरिन शरीरले ग्रहण गर्छ । यस्तै खाना खाने बेलामा अन्य कुरामा ध्यान दिनु हुँदैन । खाना खाँदा अरु कुरामा ध्यान दिँदा खानाबाट ध्यान अन्यत्र जान्छ र हामीले आवश्यकता भन्दा बढी खाना खान्छौं ।

शारीरिक परीक्षण
४० वर्षको उमेर पार गरिसकेको हरेक व्यक्तिले वर्षमा १ पटक आफ्नो शरीरको जाँच गराउनु पर्दछ । अझ मोटोपनाले ग्रस्त व्यक्तिलाई यसको आवश्यकता धेरै हुन्छ । थायराइड सम्बन्धि समस्या , मधुमेह, ब्लडप्रेसर, किड्नी एवं लिभरको समस्या आदि पत्ता लगाउन जाँच आवश्यक हुन्छ । मोटोपना भएका व्यक्तिले लिपिड प्रोफाइल्, ब्लड सुगर, इन्सुलिन लेवल, थायराइड प्रोफाइल आदिको चेकअप अनिवार्य हुन्छ । ३० वर्ष कटेपछि नियमित रूपमा तौल परीक्षण गरिरहनु पर्छ । केही किलो तौल बढ्नेबित्तिकै त्यसलाई घटाउनेतर्फ सोच्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१