शहनाजदेखि रेखासम्म, यी सेलिब्रेटीहरूले सानै उमेरमा आफ्नो पार्टनर गुमाए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७९, शनिबार ०५:११

एजेन्सी । बलिउड सेलिब्रेटीहरू प्रायः कपल गोल गर्ने गरेको देखिन्छ। त्यसैगरी, कसैको ब्रेकअप हुन्छ त, कसैको विवाहपछि डिभोर्स हुने गरेको छ ।

तर आज हामी केही सेलेब्स जसले कम उमेरमा आफ्नो पार्टनर गुमाएका छन् तिनीहरुको बारेमा चर्चा गर्नेछौ । ती सेलिब्रेटीहरूले आफ्ना प्रियजन गुमाउनुको पीडा सहनुपरेको थियो, तर यी सबैको बावजुद उनीहरू आफ्नो जीवनमा अगाडि बढे। रेखादेखि शहनाज गिलसम्म यस्ता सेलिब्रेटीको नाम समावेश छ । हेरौं यी सेलिब्रेटीहरू–

शहनाज गिल

बिग बोस १३ मा सिद्धार्थ शुक्लासँग शहनाज गिलको केमेस्ट्री निकै रुचाइएको थियो । बिग बोसबाट बाहिरिएपछि पनि दुबैले बिहे गर्ने चर्चा चलेको थियो । तर ४० वर्षको उमेरमा सिद्धार्थले संसारबाट बिदा लिए । अभिनेताको हृदयघातका कारण निधन भएको थियो । सिद्धार्थको बिदाइको शोकले शहनाज पूर्णतया विचलित भएकी थियन् । केही दिन शहनाजले आफ्नो काम र सामाजिक सञ्जालबाट आफूलाई टाढा राखेकी थिइन् । शहनाज केही समयपछि काममा फर्किए पनि आज पनि सिद्धार्थको बिदाइको पिडा उनको शब्दमा प्रष्ट देखिन्छ ।

रेखा

अमिताभ बच्चनसँग अलग भएपछि रेखाले सन् १९९० मा व्यापारी मुकेश अग्रवालसँग विवाह गरिन् । रेखाको यो खुशी पनि केही दिनको लागि मात्रै थियो । विवाहको ३ महिनापछि मुकेशलाई मानसिक रोग लागेको थाहा भयो, जसका कारण रेखा उनीबाट टाढा भइन् । विवाह १ वर्ष पनि टिक्न सकेन र मुकेशले झुण्डिएर आत्महत्या गरे । यो दुर्घटनापछि मुकेशका परिवारले रेखालाई दोष लगाएका थिए ।

लीना चन्दावरकर

फिल्म मन का मीतबाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री लीना चन्दावरकरले सन् १९७५ मा सिद्धार्थ बन्दोडकरसँग विवाह गरेकी थिइन् । विवाहको केही दिनपछि सिद्धार्थको गोली हानी हत्या गरिएको थियो । यसपछि उनले १९८० मा अभिनेता तथा गायक किशोर कुमारसँग फेरि विवाह गरिन् । विवाहको ७ वर्षपछि किशोर कुमारको हृदयघातका कारण निधन भएको थियो । किशोरको मृत्यु हुँदा लीना ३७ वर्षकी मात्र थिइन् ।

शान्तिप्रिया

शान्तिप्रिया अक्षय कुमारको अपोजिट फिल्म सौगन्धमा देखिएकी थिइन् । यसपछि उनले सन् १९९९ मा अभिनेता सिद्धार्थ रेसँग विवाह गरिन् । सिद्धार्थले धेरै हिन्दी र मराठी फिल्ममा काम गरेका छन् । उनीहरुको विवाह भएको ५ वर्षपछि सन् २००४ मा सिद्धार्थको निधन भएको थियो । त्यतिबेला अभिनेत्रीको उमेर मात्र ३५ वर्ष थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१