निर्वाचनसंहिताअनुसार के पाइन्छ, के पाइँदैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७९, बुधबार ०४:०१

काठमाडौं । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुनेसमेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधन, स्रोत तथा जनशक्तिको उपयोग गर्न पाइँदैन ।

त्यस्तै निर्वाचन प्रसार–प्रसारका लागि आयोगले अनुमति दिएको सवारीसाधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोकेबमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसार–प्रसारका लागि सवारीसाधन प्रयोग गर्ने, निवाचन प्रचार–प्रसारका लागि अनुमति लिएका सवारीसाधनबाहेक अन्य सवारीसाधनमा दलको वा निर्वाचन चिह्न अङ्कित झण्डा प्रयोग गर्न पाइँदैन ।

आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पाल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।

साथै यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने व्यवस्था रहेकाले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड राजाविपरीत हुने गरी आफ्नो वा आफ्नो दलसँग सम्बन्धित प्रचार–प्रसार सामग्री नटास्न तथा अरुलाई समेत त्यस्तो प्रचार–प्रसार सामग्री राख्न वा टाँस्न नदिने उल्लेख छ ।

आचारसंहिता विपरीतका काम भएमा कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरुलाई समेत पालना गर्न लगाउने रहेको छ ।

आगामी निर्वाचनमा जम्मा मतदाता सङ्ख्या एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० रहेका छन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१