डोल्पा,२ कार्तिक । हिमपातका कारण माथिल्लो डोल्पामा फसेका केही पर्यटकहरुको उद्धार गरिएको छ । ३ वटा समूह अझै सम्पर्कमा आउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार माथिल्लो डोल्पाको छार्कामा लेक लागेर बिरामी परेका एक स्वीस र एक जना नेपाली पर्यटकलाई सुरक्षाकर्मीहरुको उद्धार टोलीले उद्धार गरी काठमाण्डौं पुर्याइएको छ ।
त्यसै गरी छार्का गाविसबाटै युरोपियन राष्ट्र चेक रिपब्लिकका ७ जना पर्यटकलाई जुफाल हुादै पोखरा र ८ जना नेपाली पर्यटकहरुलाई सम्बन्धित ट्रेकिङ एजेन्सीले नै उद्धार गरी डोल्पाको जुफाल झारिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बताए ।
उद्धारका लागि हेकिकोप्टरबाट छार्का पुगेर फर्केका माउन्टपुथा ट्रेकिङ एडभेन्चर प्रा.लि. जुफालका मेनेजिङ डाइरेक्टर तारक शाहीले छार्का, तिन्जे, धो, मुकोटमा कुनै घट्ना नभएको बताए । उनले हिमपातले हिड्न समस्या भएको र सञ्चारको समस्याका कारण मात्र सम्पर्क हुन नसकेको जानकारी दिए ।
आफू माथिल्लो डोल्पाका विभिन्न गाविसहरु हेलिकोप्टरबाट अवलोकन गर्दा कुनै पनि अपि्रय घट्ना भएको नदेखेको तारक शाहीले बताए । उनले थपे छार्काबाट पर्यटकहरुलाई दुनै आउन समस्या रहेकाले त्यहाा बाट हेलिकोप्टरबाट उद्धार गर्नु पर्ने बताए ।
मोथिल्लो डोल्पा पुगेका ११ पर्यटक समूहहरु मध्ये ३ वटा समूहसंग भने अझै सम्पर्क हुन नसकेको र आइतवार विहानैदेखि हेलिकोप्टरबाट खोजिमा जाने तयारी भैरहेको सीजि टे्रकिङ एजेन्सीका जितेन्द्र झााक्रीले बताए । उनले थपे अरु सबै समूहरु सम्पर्कमा आइसकेका छन् र सुरक्षित अवस्थामा छन् ।
हिमपातमा फसेर सम्पर्क विहिन भएका पर्यटकहरुको खोजी र उद्धारको काम तदारुक्ताका साथ भैरहेको पनि प्रजिअ खनालले बताए ।
प्रतिक्रिया