काग तथा कुकुर तिहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०७९, आईतवार ०४:३६

‘”यमराजको संदेशवाहक काग”

तिहारको पहिलो दिन आज काग तिहार । धार्मिक मान्यता अनुसार यमराजको संदेशबाहकको रूपमा मानिएको छ कागलाई । यमदूतकै रूपमा लिइ पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ । कांगले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लग्ने किरा फट्यांग्रा खांई दिन्छ ।
कागलाई अतिथि – आगमनको सूचक र पितृहरूको आश्रयस्थल मानिन्छ । पुराणका अनुसार कागले अमृत चाखेको थियो । यस उसले यस्को कहिल्यै पनि स्वाभाविक मृत्यु हुदैन । यस्को मृत्यु आकस्मिक हुन्छ ।आफ्नो साथीको मृत्युको दिन कागले केही खादैन । कागले एक्लो खादैन । उ साथीहरूसंग मिलीजुली र बाडीचुडी खान्छ । काग निख्खर कालों हुन्छ र यस्को लम्बाई हुन्छ २० ईन्च । काग बिना थाकेर मिलौंसम्म उड्न सक्छ । भविष्यमा घटित हुने घटनाको सूचना कागले पहिले नै दिन्छ ।
पितृहरूको आश्रय स्थल : –
श्राद्ध पक्षमा कागको बढी महत्व हुन्छ । यस पक्षमा कागलाई भोजन गराऊनु पितृलांई भोजन गराउनु सरह हुन्छ । शास्त्रका अनुसार कुनै पनि क्षमतावान आत्मा कागको शरीरमा स्थिर भएर विचरण गर्न सक्छ । काग एवं पीपललाई पितृको प्रतीक मानिएको छ । कागलाई भोजन गराएर एवं पीपलमा पानी हालेर पितृलांई तृप्तलाई गराइन्छ ।
विष्णु पुराणमा श्राद्धपक्षमा भक्ति र विनम्रताले यथाशक्ति भोजन गराउने कुरा छ । कागलाई पितृहरूको प्रतीक मानेर भोजन गराइन्छ । कागको रूपमा हाम्रा पूर्वज भोजन गर्न आउँछन भन्ने हाम्रो मान्यता छ । कागलाई भोजन गराउँदा सबै खालका पितृ र काल सर्वको दोष हट्छ ।
काग शगुन – अशगुन : –
शनिलाई प्रसन्न गराउनु छ भने कागलाई भोजन गराउनु पर्छ ।
घरको छेउमा काग कराए पाहुना आउँछन ।
काग घरको दक्षिण दिशामा कराए घरमा लक्ष्मी आउँछिन । पश्चिम दिशामा कराए शुभ समाचार आउँ छ ।
दक्षिण दिशामा कराए नराम्रो समाचार आउँछ ।
कागलाई भोजन गराए अनिष्ट र अशुभको नाश हुन्छ ।
आजै समुद्र मन्थनबाट धन्वन्तरि उत्पन्न भएका हुन । आज धन्वन्तरि दिवस पनि मनाइन्छ । देवता र दानव मिलेर समुद्र मन्थन गरेका थिए । मन्दार पर्वतलाई मैदानी बनाईएको थियो । वासुकी नागलाई चाहीं नेती ।धनवन्तरीको उत्पत्ति ऐ मन्थनबाट भएको कुरा पुराणमा उल्लेख छ । चिकित्सकहरू धन्वनतरिलाई आदि चिकित्सक मान्दछन । र धन्वन्तरि जयन्ती मनाउँछन । शुभसंकल्प र शुभकार्यको थालनी पनि आजका दिन गर्छन । औषध विज्ञानका लागि धन्वन्तरि आदि पुरूष हुन ।
2
“कुकुर तिहार”

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भईन्छ नर्क लोक गइन्छ भन्ने भनाई छ । घरमा सधै पालिएको कुकुरलाई खान दिएतापनि विवेष आजको दिन सबै भन्दा पहिला मानसम्मान गरि विशेष किसिमले खान दिइन्छ भने प्रत्येक बर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिनाले आजको दिनलाई नर्के चतुर्दशी पनि भनिन्छ । कुकुर घर पालुवा आज्ञाकारी , घर रक्षक एवं गुनिलो जानवर हो भने यसले सुघेर अपराधिहरूलाई पत्ता लगाउन छ सायद त्यसैले होला विश्वको जुनसुकै राष्ट्रमापनि कुकुरलाई विवेषता मानिएको छ । यसलाई भैरवको बाहन भनिन्छ । विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा कुकुरले सुघेर वा दायाँ वायाँ कराई पूर्व सूचना समेत दिन्छ ।
कुकुर इनानदार र वफ़ादार जानवर हो । घरको रेखदेख गर्ने काम कुकुरले गर्छ । परापूर्वकालदेखि कुकुरलाई बर्षको एक पटक इनानदार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ ।

कुकुरको गुणको क़दर गरेर मानिसले बर्षमा एक पटक यम पन्चकको दोस्रो दिन पारेर पूज्ने गर्छन । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातीसंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।
आजका दिन मासको पात खाने चलन छ । लिंग पुराण अनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन भन्ने जनश्रुति छ । आजका दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाई वाटो वाटोमा माटोको आकृति भएको कुकुर बनाइ ठाउ ठाउमा राख्दै दिप बाल्दै आफ्नो घरको दैलो सम्म दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन हुनुको सही यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ।
हिन्दु धर्मका पुराणहरूमा कुकुरलाई यमको दूत भनिएको छ । रृग्बेदमा एक ठाउँमा जघन्य शब्द गर्ने कुकुरहरूको उल्लेख भएको छ । यो विनाशकारी लागि आउँ छ यमदूत , इस्लामका अनुसार जुन घरमा कुकुर हुन्छ त्यहाँ फ़रिश्ता जान्दैनन ( सहीह मुस्लिम हदीस नं २१०६ ) भैरव महाराजका सेवक – कुकुरलाई हिन्दु देवता भैरव महाराजको सेवक मानिन्छ । कुकुरलाई भोजन दिनाले भैरव प्रसन्न हुन्छन र हरेक खालका आकस्मिक संकटहरू बाट भक्तहरूको रक्षा गर्छन ।कुकुरलाई प्रसन्न राख्नाले उसले तपाईंका ओरपर यमदूतलाई पनि आउन दिदैन । कुकुरलाई देखे पछि आत्माहरू पर पर हुन्छन ।

कुकुरको योग्यता वास्तवमा कुकुर यौटा यस्तो प्राणी हो , जसले भविष्यमा हुने घटनाहरूलाई र इथर माध्यमबाट ( सूक्ष्म जगत )का आत्माहरूलाई देख्न सक्ने क्षमता राख्दछ । कुकुर कैयौं किलोमिटरसम्मको गन्ध सूध्न सक्छ र अपराधीलाई पत्ता लगाउछ । कुकुरलाई हिन्दु धर्ममा एउटा रहस्यमयी प्राणी मानिएको छ । तर यसलाई भोजन गराउनाले हरेक प्रकारको संकट मोचन हुन्छ ।

‘ किन पालिन्छ कुकुर ?
‘कुकुर एउटा विश्वासियों प्राणी हो । यसले हरेक प्रकारको अंदाजा पहिले नै पाइसकेको हुन्छ । प्राचीन एवं मध्यकालमा मानिस जंगली जानवर र लुटेराबाट बच्न सकुन । बंजारा आदिवासी जातीका मानिस कुकुर पाल्दथे ताकि हरेक खालका खतराबाट पहिले नै सतर्क हुन सकुन । आर्यावर्तमा जंगलमा बस्ने साधुसन्त कुकुर यस कारण पाल्दथे ताकि कुकुरले खतराबाट उनीहरूलाई सतर्क गरोस । आजकल मानिस घरमा कुकुर यस कारण पाल्छन कि उसले उसको घरको रखवाली गरोस । तर कुकुर पालन खतरनाक पनि हुन सक्छ । र फ़ायदा पनि । कुकुरले तपाईंलाई राजाबाट रंक र रंकबाट राजा सम्म बनाउन सक्छ । कुकुर भुक्ने अनेक कारणहरू हुन सक्छन त्यस्तै रूने पनि कैयौं कारण – सकारात्मक र नकारात्मक दुवै नै हुन्छ ।
अपशकुन : –
शास्त्र अनुसार कुकुरले घरको चारै तिर घुमेर रोयो भने अपशगुन या अद्भुत घटना घट्न सक्छ । यस्को सम्बन्छ इन्द्रसंग सम्बन्धित भय मानिन्छ ।शुभ कार्यको समयमा कुकुरले बाटो रोक्छ बिसमता या अनिश्चय प्रकट गर्छ ।
कुकुरलाई प्रत्येक दिन भोजन दिनाले
दुश्मनहरूको भय मेटिन्छ र मानिस निडर हुन्छ
अंतमा कुकुरको बारेमा एउटा कुरा भन्छु कि कुकुर पाल्नाले लक्ष्मी आउँछिन र कुकुरले घरको घरका रोगी सदस्यको रोग आफैले लिन्छ
यदि सन्तानको प्रगति भइरहेको छैन भने कालों कुकुर पाल्नाले सन्तानको प्राप्ति हुन्छ|
ज्योतिषिका अनुसार केतुको प्रतीक हो कुकुर । कुकुर पाल्ने या कुकुरको सेवा गर्नाले केतुको अशुभ प्रभाव समाप्त हुन्छ । कुकुरलाई गुलियो रोटी खुवाउनु पर्छ ।

केहि समयमा प्रकाशन हुने मेरो धार्मिक पुस्तक “साकार र संस्कृति “को छोटो जानकारी सहितका शब्द सुमन ,

निशा अर्याल
इस्रैल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१