तिहार र छठमा प्लास्टिकका फूल माला बिक्री गरे १ लाखसम्म जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ कार्तिक २०७९, बिहीबार ११:२३

वातावरण विभागले प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा लगेको छ। बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ।

वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो।

कसैले प्लास्टिकका फूलमाला प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा  १५ हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने र वातावरण विभागबाट १ लाखसम्मको जरिवाना हुने  सूचनामा उल्लेख छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१