राष्ट्रिय स्वतन्त्र पार्टीका दोलखाका उमेदवार जगदीश खरेलका सपना

evccfn@gmail.com' rastriyakhabar
३ कार्तिक २०७९, बिहीबार ०७:१६

काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको तर्फबाट इन्जिनियर जगदिश खरेलले  उम्मेदवारी दिएका छन् । लामो समय समाजसेवा लगायत व्यवसायमा समेत तल्लीन रहेका खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएका हुन् ।

खरेल विगत लामो समय देखी समाजसेवामा आबद्ध छन् । ३५ वर्षको उमेरमै इन्जिनियर तथा व्यवसायीक तर्फ राम्रो नाम कमाउन सफल उनले यी दुई पेसामा मात्र नभएर अबको यात्रा दोलखाली जनता तथा देश बासीको हकहितमा समर्पण गर्ने उद्घोष गरेका छन् ।

युवा नेता खरेलले नेपाल र नेपाली जनताको रोजगारको मुख्य स्रोत हाइड्रो पावर रहेको बताए । हाल युवा वर्गको एक मात्र विकल्प नै हाइड्रो रहेको उनको भनाई छ । उनले हाइड्रो पावर, खानी, पर्यटन र कृषि क्षेत्रलाई प्रथामीकतामा राखेर काम गर्ने लक्ष्य रहेको बताए ।

नेता खरेलले लामो समय नेपाली काँग्रेसमा राजनीति गर्दै आएको भए पनि काँग्रेसले पार्टी भित्रको गुटबन्दी, अप्राकृतिक गठबन्धन, क्षमताहीन नेतृत्व, सत्ता लिप्सा र पुरातन सोचले अगाडी बढेका कारण आफू सो पार्टी परित्याग गरी जनताले रोजे जस्तो खोजे जस्तो पार्टीमा प्रवेश गरेको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी एक नेतृत्व सामाजिक अभियन्ता, भ्रष्टाचार विरोधी र स्वतन्त्र व्यक्ति रवि लामिछानेको पार्टीमा म लगायत अन्य पार्टीका धेरै साथीहरू प्रवेश गरेका छन् ।’

‘दोलखामा एमालेले तीस वर्ष एकछत्र राज गरे दोलखाली जनताले के पाए, नेताहरूले जनताई धेरै पटक ढाटे अब जनताले नेता ढाटने छन् । उनले भने दोलखा जलस्रोतको धनी जिल्ला हो । केही हाइड्रो पावरहरू बनिसके त्यसको सामाजिक उत्तर दायित्व, रोयल्टी र वातावरण सम्बन्धी कार्यको लेखाजोखा मेरो पहिलो प्राथमिकता हो ।’

अबको दिनमा व्यक्तिको क्षमताका आधारमा मन्त्री, प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले पहल गर्ने खरेलले दाबी गरेका छन् । उनले मतदाताहरूलाई पनि पाटीको क्षमता, उसको विचारलाई कदर गर्दे जनताले चाहेजस्तो राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा मतदान गर्न आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१