गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा संचालनमा रहेका औषधी पसलहरुको अनुगमन औषधि पसललाई म्याद गुज्रेका औषधि नबेच्न र छुट्टै भण्डारण गर्न सचेत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७९, सोमबार ०४:५६

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखाले वडा नं ६ मा संचालनमा रहेका औषधी पसलहरुको अनुगमन गरेको छ । वडा अध्यक्ष नवराज लामा, वडा सदस्य बच्चुराम शर्मा कुइकेल सहित स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय लगायत स्वास्थ्य शाखाका कर्मचारीहरु र नगर प्रहरीको टोलीले गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटार शंकरापुर अस्पताल देखि जोरपाटी चोक सम्म संचालनमा रहेको औषधी पसलहरुको अनुगमन गरेको हो ।

टोलीले औषधि पसललाई म्याद गुज्रेका औषधि नबेच्न र छुट्टै भण्डारण गर्न सचेत गराएको थियो ।पर्याप्त स्थानको व्यवस्था गर्न, व्यवसाय दर्ता गर्न, व्यवसाय दर्तासम्बन्धी कागजात ग्राहकले देखिने गरी राख्न, सबै ग्राहकलाई अनिवार्य रूपमा बिल दिन, प्रतिबन्धित औषधि डाक्टरको सिफारिसमा मात्रै बिक्री गर्न र तोकिएको ढाँचामा रेकर्ड राख्न निर्देशन दिएको थियो भने नगरपालिकाले तोकेको मापदण्डअनुसार संचालन गर्न पनि व्यवसायीहरुलाई अनुरोध गरिएको वडा अध्यक्ष नवराज लामाले कपन अनलाइनलाइ जानकारी गराए । साथै चाडैनै वडाले बजार समेत अनुगमन गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१