‘सलामी’पछि जोशीको पार्थिव शरीर अस्पतालमा लगियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७९, सोमबार ०४:४४

काठमाडौं । आइतबार निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरेको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो । सलामी दिएर जोशीको शव किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिदै छ ।

जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको हो । जोशीको पार्थिव शरिर आज अन्तिम श्रद्धाञ्जलीको लागि ललितपुर महानगरपालिकामा राखिएको थियो ।

सो क्रममा जोशीको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१