देशभरका प्याराग्लाइडिङ उडान बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७९, सोमबार ०४:४१

काठमाडौं । देशैभर प्याराग्लाइडिङ उडान बन्द गरिएको छ । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्द गरेको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि देशैभरका सबै प्याराग्लाइडिङ उडान बन्द गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा मृत्यु भएको हो । प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट आकाशमा उडिरहेका थिए । उडेलगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै निधन भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१