प्रचण्डद्धारा ३ बुँदे सर्कुलर जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ आश्विन २०७९, सोमबार ०४:३८

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले ३ बुँदे सर्कुलर जारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा रहेको बताउँदै सबै प्रदेश र जिल्लाहरुले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

त्यस्तै, दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय नेतृत्वका बीचमा समन्वय संरचना निर्माण गर्न पनि निर्देशन दिइएको छ । यसैगरी, पाँचदलिय गठबन्धनको असोज २७ गतेको निर्णयअनुसार अघि बढ्न समेत माओवादीले निर्देशन दिएको छ ।

गठबन्धनले सातै प्रदेशमा आगामी कात्तिक ४ गतेदेखि ७ गतेसम्म संयुक्त भेलाको आयोजना गर्ने भएको छ । त्यस्तै, प्रचण्डले गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरुमा सम्भव भएसम्म सहभागी हुन समेत सर्कुलर जारी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१