सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०७९, आईतवार ०५:५६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न लागेका हुन् । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले मंगलबार (असोज २५ गते) बाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१