कक्षा १२ को वार्षिक परीक्षा बैशाखमा, साउन मसान्तमा रिजल्ट (तालिकासहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७९, बुधबार ०५:२३

काठमाडौं । कक्षा ११ र १२ को ०७९ र ८० को वार्षिक परीक्षा सम्बन्धि कार्यतालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको तालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीको हातमा ०७९ कात्तिक मसान्तसम्म रजिष्ट्रेसन आवेदन फाराम पुगिसक्नुपर्ने र पुस १५ गतेसम्म फाराम भर्ने समय दिइएको छ ।

त्यस्तै, कक्षा ११ र १२ का परीक्षा बैशाखमा हुनेछन् । १२ कक्षाको परीक्षा ०८० बैशाख दोस्रो हप्तादेखि सञ्चालन हुने छ भने तालिका अनुसार कक्षा ११ को परीक्षा ०८० वैशाखको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ ।

कक्षा १२ को नतिजा प्रकाशन ०८० साउन मसान्तभित्र हुने र कक्षा ११ को भदौ मसान्तभित्र प्रकाशन हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०