गठबन्धनका ४ दलद्वारा उम्मेदवारी फिर्ता नलिए बागीलाई कारबाही गर्ने चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०७९, बुधबार ०५:११

काठमाडौं । सत्ता गठबन्धनका चार दलले बागी उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । सत्ता गठबन्धनमा सहमति भए अनुसारका उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्नेहरुलाई फिर्ता लिन निर्देशन गर्दै नलिएमा निष्कासन गर्ने भनिएको छ ।

पार्टी निकायहरुले निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्न समेत भनिएको छ । गठबन्धनका नेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त हस्ताक्षर गरी उम्मेदवारी फिर्ता लिन भनेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१