राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७९, मंगलवार ०६:१३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले आइतबार उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१