पुर्व कप्तान सन्दीपविरुद्ध जाहेरी दिने युवतीको जन्मदर्ता दुइटा भएको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७९, मंगलवार ०६:००

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका नेपाली राष्ट्रिय टिमका क्रिक्रेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने युवतीको दुइटा जन्मदर्ता भएको दाबी गरिएको छ ।

सन्दीपको वकिलको अनुसार सन्दीपले न्यायाधीशसँगको बयानको क्रममा युवतीले आफू १९ वर्ष पुगेको बताउँदै आएको सुनाएका थिए । सन्दीपका वकिलले पीडित युवती नाबालिग नभएको संचारकर्मीसँग कुरा गर्दै दाबी समेत गरे ।

बयानको क्रममा सन्दीपले आफ्नो गोपनियता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचारको बारेमा पनि प्रश्न गरेका थिए ।
सन्दीपमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि गत २० गतेदेखि गणना हुने गरी सात दिनका म्याद थप्ने अनुमति दिएको छ ।

चार दिन अघि नै पक्राउ परेपनि सन्दीपलाई सार्वजनिक विदाको कारण अनुसन्धानका लागि म्याद थपिएको थिएन । लामिछानेलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०