पहिरोमा ज्यान गुमाएका १३ जना बेपत्ता मलामीको पहिचान खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७९, मंगलवार ०५:५७

काठमाडौं । स्थानीय हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट आएको पहिरोमा परि ज्यान गुमाएका १३ जना मलामीको पहिचान खुलेको छ ।

बेपत्ता हुनेहरु कालीबहादुर शाही, धनबहादुर शाही, छत्रजंग शाही, खगेन्द्र शाही,भेषबहादुर शाही, धन शाही,अलि शाही,खेमराज शाही,
मानबहादुर शाही,मोतिलाल शाही, परबहादुर शाही,नरेश शाही र प्रशान्त शाही रहेको प्रहरीले जनाएको छ ।

अन्य बेपत्ता हुनेहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । तिलगुफा नगरपालिका राँचुली गाउँका शाहीको अन्त्येष्टिको क्रममा पहिरो झरेपछि भाग्ने क्रममा १३ जना मलामी गएकाहरु हराएका थिए । उनीहरुलाई खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ ।

राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको छ । भने मौसम सुधार भएलगत्तै हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१