प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभा तर्फ २८४५ उम्मेदवारी दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७९, सोमबार ०६:१३

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ ।

१६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आज आइतबार विहान १० बजेबाट साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।

कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले एकिन विवरण प्रविष्ट हुन बाँकी रहेको आयोगको भनाइ छ ।

प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभा अन्तर्गत देशभर १९३७ पुरुष र १९१ महिला गरी कूल २१२८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ ।”

सोहीअनुसार प्रदेशसभातर्फ २६०० पुरुष, २४४ महिला र १ अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलका अनुसार प्रदेश नं. १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४ जनाले उम्मेदवारी दर्ता गराउनुभयो । त्यस्तै, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७ जनाले उम्मेदवारी दर्ता गराउनुभयो ।

सोहीअनुसार बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५ जना, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८ जना, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७ जना, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ जनाले उम्मेदवारी दर्ता गराउनुभयो । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

आयोगका अनुसार असोज २४ गते भोली विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१