नुवाकोट क्षेत्र नम्बर २ को दुबै प्रदेशमा गठबन्धन टुट्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७९, सोमबार ०५:५४

नुवाकोट। नुवाकोट निर्वाचन क्षेत्र नं २ को प्रदेशमा सत्तापक्षीय गठबन्धन टुटेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीविच गठबन्धन गरी निर्वाचनमा जान शिर्ष नेतृत्वमा सहमती भएपनि नुवाकोटमा सवै दलले आ–आफ्नै ढंगले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश क मा नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य वहादुर सिंह लामाले मनोनयन दर्ता गराएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट दिवंगत नेता पोष्टवहादुर वोगटी पत्नी राममाया वोगटीले उमेदवारी दर्ता गराएकी छिन् । यस्तै, प्रदेश ख मा नेकपा समाजवादी र माओवादी केन्द्र दुवै दलको तर्फबाट उमेदवारी दर्ता भएको छ ।

नेकपा समाजवादीका तर्फबाट पूर्व सांसद राजेन्द्रप्रकाश लोहनी र नेकपा माओवादीका तर्फबाट रामप्रसाद ढुङानाको उमेदवारी परेको छ । संघका लागि भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसीले उमेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट संघमा पूर्व सांसद नारायणप्रसाद खतिवडा र प्रदेश क मा विजय लोप्चन तथा प्रदेश ख मा केशव पाण्डेको उमेदवारी दर्ता भएको छ । यहाँ स्वतन्त्र दलको तर्फबाट पर्यटन ब्यवसायी सुमन पाण्डेले उमेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नं १ मा भने गठबन्धनका तर्फबाट संघमा नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हितवहादुर तामाङ र प्रदेश क मा माओवादी नेतृ राधिका तामाङ र प्रदेश ख मा नेपाली कांग्रेसका जिल्ला सभापति रमेश कुमार महतको उमेदवारी परेको छ ।

यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट संघमा जिल्ला अध्यक्ष बद्रि मैनाली र प्रदेश क मा सुशिल खड्का तथा प्रदेश ख मा पुर्णलाल श्रेष्ठको उमेदवारी परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१