काठमाडौं क्षेत्र नं ३ मा जगन्नाथ देवकोटाको स्वतन्त्र उम्मेदवारी घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७९, आईतवार ०६:२२

काठमाडौं ।  विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका जगन्नाथ देवकोटाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मनकामना उच्च माविका सस्थापक एवं शिक्षासेवी देवकोटा ४२ वर्षदेखि शिक्षा क्षेत्रमा सेवारत छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको घोषणा गरेका देवकोटाले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन ।

आफूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको र अब राजनीतिमार्फत देशभर सेवा गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको देवकोटाको भनाइ छ ।

काठमाडौं भित्रका विविध समस्यालाई समाधान गर्नुका साथै आफूले जितेमा शिक्षा क्षेत्रमा अझै महत्त्वपूर्ण काम गर्ने देवकोटा बताउँछन् ।

‘अहिलेसम्म जितेका नेताहरूले सत्ता र पैसाको लोभमा परी देश र जनताका लागि केही पनि काम गरेनन्,’ उनले भने, ‘ तर म कुनै लोभ लालचले यहाँ आएको होइन, देशको मुहार पुराना नेताले नफेरिने देखेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१