गोकर्णेश्वर नगर प्रमुख दिपक रिसाल सहितको टोली द्वारा डेंगु बिरामीको अवस्था बुझ्न मेडिकल कलेज अत्तरखेलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७९, आईतवार ०६:१३

काठमाडौं । डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन नगरबासीहरुलाई गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले पुन:अनुरोध गरेका छन।

आज नगर प्रमुख दिपक कुमार रिसाल लगायतका टोलिले गोकर्ण नगर अस्पताल र नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका डेंगु प्रभावित बिरामीहरुको अवस्था बुझे पश्चात उनले पुन: नगरबासीहरुलाई डेंगु संक्रमणको जोखिम कम गर्न र सो बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन अनुरोध गरेका हुने ।

नगर प्रमुख रिसाल सहितको टोलीले आज स्थलगत रुपमा गोकर्ण नगर अस्पताल र नेपाल मेडिकल कलेज अत्तरखेलमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका हुन । स्थलगत निरीक्षणमा नगर प्रमुख रिसाल संगै नगरपालिकाका जन स्वास्थ्य अधिकृत हरि प्रसाद उपाध्याय लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

 

नगर प्रमुख रिसालले उपचाररत बिरामीको अवस्था बुझ्नुको साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाइ नगरपालिकाले सहयोग समेत गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन। साथै दशैँमा समेत स्वास्थ्यकर्मीहरुले पूर्ण रुपमा गरेको सेवा प्रति धन्यवाद ब्यक्त गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१