सत्ता गठबन्धनले लोसपालाई प्रतिनिधिसभामा ८ र प्रदेश सभामा १६ सिट दियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०७९, आईतवार ०५:२५

काठमाडौं । सत्ता गठबन्धन र लोसपाबीच केही सिटमा तालमेल गर्ने सहमति भएको छ । सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले लोसपालाई प्रतिनिधिसभामा ८ सिट दिने सहमति गरेको छ ।

प्रदेशसभामा १६ सिट दिने सहमति गरेको जनाईएको छ । लोसपाका एक नेताकाअनुसार लोसपाले सप्तरी २, धनुषा ३, महोत्तरी २, महोत्तरी ३, सर्लाही १, सर्लाही २ (मित्रवत् प्रतिष्पर्धा), बारा ३ र पर्सामा सिट पाएको छ ।

सिट बाँडफाँटमा सहमति गर्न लोसपाका शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए । सो क्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सो क्रममा नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनल उपस्थिति थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१